पोखराको जानकी माविमा विपन्न विद्यार्थीलाई पोशाक वितरण

पोखराको जानकी माविमा विपन्न विद्यार्थीलाई पोशाक वितरण

photo janaki

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो ।

सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीले विद्यालयमा अध्ययनरत २४ जना समाजका विपन्न एवम् असहाय विद्यार्थीलाई पोषाक वितरण गरेको क्लवका तृतीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सिता काफ्ले भण्डारीले जानकारी दिइन् ।

“साथीहरु विद्यालय पोषाकमा आएको टुलुटुलु हेर्न बाध्ये उनीहरु पोषाककै अभावमा कतिपय शैक्षिक एवम् अतिरिक्त कृयाकलापमा समेत सहभागि बन्नबाट बञ्चित थिए” उनले भनिन,“विद्यार्थीको मनोवल उच्च बनाउन संस्थामा आवद्ध सदस्यबाट संकलन गरिएको ३१ हजार ६८० रुपैया बरावरका टिसर्ट र ट्रयाक सुट वितरण गरिएको हो ।”

कार्यक्रमको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक चियरपर्सन विष्णुप्रसाद सुवेदीले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचौ औल्याए ।

नेपाल सरकार, विभिन्न संघसंस्था एवम् शिक्षाप्रेमीहरुको सामुहिक प्रयासवाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेदै गएको बताउँदै उहाँले सरकारले शिक्षा, स्वास्थ्य निशुल्क गर्नुपर्ने आवश्यकता औल्याए।

क्लवका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ वडा सदस्य शिवराम भण्डारी, लायन्न सिजन चियरप्रसन भोजराज बराल, विद्यालयका प्रधानाध्यापक अर्जुन कडेल, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, लायन्स गिता पराजुली, क्लवका सचिव अमृता अधिकारी लगायले शिक्षाको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।

महिला मात्र सदस्य रहेको उक्त क्लवले यसअघि पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा १५ हजार बरावरको खाना सहयोग गर्नुका साथै सितापाईला ढुङ्गेसाघु आमा समुहको हातामा विभिन्न जातका ११ हजार फुलका विरुवा रोपेको जानकारी कार्यक्रममा गराइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ