पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको मञ्चका महासचिव तथा प्रवत्ता राजाराम पौडेलले जनाए ।
मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको उनले खुलाए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष र महासचिव पदेन सदस्य रहने समितिलाई पूर्णता संयोजक अधिकारीले दिनेछन् ।
गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चले प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने तयारी समेत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।
२०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीको रुपमा स्थापना भएको यो संस्था २०७५ सालमा गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते