गगनगौंडा डिपोबाट ३ हजार बढी डिजेल लोड गरेर लैजाँदै गरेका चालक सहित एक कर्मचारी पक्राउ

गगनगौंडा डिपोबाट ३ हजार बढी डिजेल लोड गरेर लैजाँदै गरेका चालक सहित एक कर्मचारी पक्राउ

oil-nigam-pokhara11629625356

पोखरा। बिल भौचरमा उल्लेख गरिए भन्दा बढी इन्धन लोड गरेर लैजाँदै गरेको अवस्थामा पोखरामा एक ट्यांकरका चालक सहित दुई जना पक्राउ परेका छन्।

नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपो गगनगौंडाबाट बिल भौचरमा उल्लेख गरे भन्दा बढी परिणामको पेट्रोलियम पदार्थ (डिजेल) लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले ग २ ख ८३६ नंवरको ट्यांकरका चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगानालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत साउन २५ गते दिउँसो अन्दाजी ३ बजेको समयमा उक्त डिपोबाट पोखरा २७ मा रहेको पश्चिमान्चल पेट्रोलियम पम्पमा लैजाँदै गरेको ट्यांकरमा जारी बिलमा भन्दा बढी पेट्रोलियम पदार्थ लगिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले डाँडाकोनाक बाट उक्त ट्यांकरका चालकलाई पक्राउ गरेको हो।

जिल्ला प्रशासन कार्यालयका नापतौल तथा गुणस्तर विभागका प्रतिनिधी, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपोका अधिकृत स्तरका कर्मचारी र स्थानिय जनप्रतिनिधी समेतको रोहबरमा उक्त ट्याङ्करको तेल मापन गर्ने क्रममा जारी बिलमा भन्दा ३ हजार लिटर बढी डिजेल भेटिएको थियो। उक्त बिल अनुसार ट्यांकरमा १२ हजार लिटर डिजेल जानुपर्ने थियो।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ट्यांकर चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगानालाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

साथै,  घटनामा अन्यको संग्लाग्नताबारे पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ