सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

PR

पोखरा । लक्ष्मी ग्रुपसम्बद्ध सुजल डेरीले सफल ब्रान्डको घ्यूको ‘मीठो स्वाद जिन्दगीको’ नामक अभियानलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आइतबार विज्ञप्ति निकालेर हरेक परिवारलाई घ्यूको मिठासयुक्त स्वादिलो परिकार मार्फत् जोड्ने उद्देश्यले ‘मीठो स्वाद जिन्दगीको’ अभियानलाई निरन्तरता दिएको जनाएको हो ।

कम्पनीले यो अभियानमार्फत् व्यस्त जीवनशैलीबीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको जनाएको छ । सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक चाहनाका कारण गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्‍याउनु चुनौतीपूर्ण बनेको छ ।

कम्पनीले भनेको छ, ‘यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबैजसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत् जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैंसीको शुद्ध नौनी खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट छ ।

घ्यू आफैमा शक्तिदायक भएकोले चिल्लो पदार्थको सर्वाेत्तम विकल्प मानिन्छ । मात्र १ ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ ।

घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ । साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदा जनक रहन्छ ।

कम्पनीका अनुसार आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले आइएसओे २२०००ः२०१८ मापदण्ड प्राप्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds