पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ३२ बाट रुपा तालतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका ६ निगालझाँप्रामा शनिबार सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सडकबाट झण्डै ९० मिटर तल खसेर भएको दुर्घटनामा मोटरसाइकल चालक लमजुङ दुधपोखरी – ६ का २९ वर्षीय कृष्ण गुरुङ र पछाडि बसेका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल शनिबार अपराह्न पौने ४ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो।
चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए। मोटरसाइकल घुम्तीमा आफै अनियन्त्रित भइ सडकमुनि खसेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ।
अशोक स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्षसमेत थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो