जन्मदिनमा बसन्ती बृद्धाश्रममा

जन्मदिनमा बसन्ती बृद्धाश्रममा

Basanti bridhhashram

पोखरा नयाँबजारकी बसन्ती अधिकारीले आफ्नो जन्मदिन बृद्धाश्रममा रहेका बृद्धा बुवाआमाहरुसँगै मनाएकी छन् ।

शनिबार जन्मदिन मनाउन उनी पोखरा महतगौंडास्थित पोखरा वृद्धाश्रम पुगेकी हुन् । छोरा बरुण र छोरी वर्षासँगै बृद्धाश्रम पुगेकी उनले बुबाआमालाई सहयोग हस्तान्तरण गरेर जन्मदिन मनाएकी हुन् ।

उनले फलफूल तथा आवश्यक खाद्यान्न पनि हस्तान्तरण गरिन् । छोराछोरी नभएका तथा सन्तानबाट माया नपाएका बृद्धबृद्धाका साथमा जन्मदिन मनाउँदा पूण्य मिल्ने हेतुले आफू बृद्धाश्रम पुगेको उनले जानकारी दिइन् ।

सोहि अवसरमा प्रतिभा माविका प्राचार्य किरण सापकोटासहित विद्यालयमा गठित क्रियटिभ माइण्ड्स क्लबको टोली पनि सहयोगका लागि वृद्धाश्रम पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ