फेसबुकमा ‘अलबिदा’ लेखेका वडाध्यक्ष मृत भेटिए

फेसबुकमा ‘अलबिदा’ लेखेका वडाध्यक्ष मृत भेटिए

Mohan ghimire

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान ४ बजेर २८ मिनेट जाँदा फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।

उनले लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।

खाेजी गर्दा घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हाे। शुक्रबार घरबाट निस्किएर रातभर घर नफर्किएका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनी गएकाे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मुसिकाेट-१ काे वडाअध्यक्ष निर्वाचित भएका थिए। घिमिरे नेपाली कांग्रेस गुल्मी मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । युवा नेता घिमिरे सम्भावना बाेकेका स्थानिय नेता थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ