मेयरले आफ्नै स्वकीयको टाउको फुटाइदिए

मेयरले आफ्नै स्वकीयको टाउको फुटाइदिए

Shikhar-Napa

डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्ना माथि खुकुरी प्रहार गरेको गरेका छन्।

मेयर बलायरका स्वकीय सचिवको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यस घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।

मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गर्दै लेखेका छन् । –  ‘तिमिहरु फुर्ति हान्दै गर म उपचारकाे लागि जाँदै छु ल बाई खुकुरी प्रहार शिखरकाे मेयर दिर्घ बलायरकाे हात बाट।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ