पोखरामा छ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको पाँच तारे होटल बाराही सेदीले आईपीओ जारी गर्ने जनाएको छ । पोखराको सेदीमा बाराही समूहले निर्माण गरिरहेको होटलको १० प्रतिशत शेयर आईपीओमा जाने योजना समूहले बनाएको छ ।
होटलको ५१ प्रतिशत शेयर बाराही समूहको रहेको छ बाँकी ४९ प्रतिशतमध्ये छ भने ३९ प्रतिशत प्रमोटर शेयर सङ्कलन भइरहेको बाराही समूहका निर्देशक योगेन्द्र थापाले जनाएका छन् । बाराही सेदी लिमिटेडले गएकाे मङ्सिरदेखि न्यूनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन शुरु गरेको हो ।
हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए।
होटल निर्माणकाे ४६ प्रतिशत काम सम्पन्न भएको छ । क्यासिनोसमेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माण हुँदैछ । सन् २०२६ देखि सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताएको छ । होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ। बाराही समूहले अहिले पोखरा, सराङकोट, सौरह र काठमाण्डौमा होटल चलाइरहेको छ ।
पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरु गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो।
पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन्। छोरा विप्लवको उच्च भिजनसहितको नेतृत्वले बाराही हस्पिटालिटी अहिले अगाडि बढिरहेको छ।
यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लजसमेत सञ्चालन गरिरहेको छ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो