शौचालयको सेफ्टि ट्याङ्कीमा फसेर मर्‍यो जंगली हात्ती

शौचालयको सेफ्टि ट्याङ्कीमा फसेर मर्‍यो जंगली हात्ती

Wild_Elephant_Kanchanpur

कञ्चनपुरमा शौचालयको सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयक सेप्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको हो।

सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा हात्ती फसेको हो। हात्ती बुधबार राति शौचालयको सेप्टिक ट्याङ्कीमा फसेको हुनसक्ने बताइएको छ। बिहीबार बिहान मरेको अवस्थामा, सेप्टिक ट्याङ्कीमा हात्ती फेला परेको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता बुधबार राति करिब १२ बजेतिर जंगली हात्ती सेप्टिक ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको बताए।

जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए। ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्‍याएर मरेको हात्तीको व्यवस्थापन गर्दैछौं।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds