फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा, दुवैतर्फ साइकल लेन बनाइने

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा, दुवैतर्फ साइकल लेन बनाइने

Firke-simankan

पोखरा। फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो ।

पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी पिल्लरहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अव खोलाको ५०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको तयारी छ ।

उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्के खोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनहरू सहित ४० जना परिचालित छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ