पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाका लागि राष्ट्रनिर्माता गौरव अभियान शुरु भएको छ ।
सिरोज विजय कोइराला संयोजक रहने गरी ‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’, राष्ट्रनिर्माता गौरव अभियान गठन गरिएको हाे । बुधबार बसेको भेलाले ५१ सदस्यीय अभियानको सहसंयोजकमा १० जना चयन पनि गरेको छ ।
सहसंयोजकहरुमा पदम बहादुर कार्की, शेरबहादुर उचाई ठकुरी, नारायण गुरुङ, जगन्नाथ कोइराला, गणेश बराइली, भुपेन्द्र गिरी, गणेशबहादुर क्षेत्री, अशिल कुमार शाही, कृष्णप्रसाद पौडेल र प्रकाश थापा छन् । सचिवमा अर्जुन खनाल र हिमाल खड्का तथा प्रवक्ता अरुण गिरी तोकिएका छन् ।
कोषाध्यक्ष तोत्र बहादुर बानियाँ र सहसचिव अभिमन्यू पाण्डे विक्रम छन् । प्रमुख सल्लाहकारमा प्राडा दिलबहादुर क्षेत्री तथा सल्लाहकारहरुमा प्राडा नारायणप्रसाद अधिकारी, खिमबहादुर शाही र शंकर खराललाई चयन गरिएको छ ।
तत्काल अभियानको दुई उद्देश्य रहेको प्रवक्ता अरुण गिरीले जानकारी दिए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनर्स्थापना हुनुपर्ने र राष्ट्रियता, इतिहास र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य अभियानको रहेको उनले जनाए ।
अभियानले १००८ सदस्यीय संघर्ष समिति बनाउने निर्णय गरेको छ । यस्तै, विभिन्न उपसमिति बनाउने र चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने अभियानले जनाएको छ । यसअघिका आन्दोलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।


सम्बन्धित समाचारः
पोखराको पृथ्वीचोकमा शाहकै शालिक पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान शुरु [तस्वीरहरू]
ल्याप्चे लगाउनेदेखि भर्ती देखाउनेसम्म सहभागी
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने