इन्धनको मूल्य बढेपछि सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

इन्धनको मूल्य बढेपछि सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

pokhara-bus-park

काठमाण्डौ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यहि साउन ३१ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ