सामसुङको नयाँ प्रोडक्ट ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक गरिएको छ । काठमाडौंमा सार्वजनिक गरेपछि सामसङ नेपालले पोखरामा मंगलबार रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने २० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र IPX8 को खुबीहरु दर्शाइएको थियो र तिनको बारेमा छलफल गरिएको थियो।
कम्पनीकाे दाबी अनुसार दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ । मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ । यसका साथै IPX8 को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ ।
ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ । यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ ।
ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण
ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मुल्य रु. १३९,९९९ तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड ५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस
निमग्न प्रदान गर्दै, वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका रङ्गहरुमा पाइनुका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् ।
ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस २५६ जिबि) को मुल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस ५१२ जिबि) को मुल्य रु.२३९,९९९ कायम गरिएको छ ।
यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ । यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि– अर्डरमा ग्राहकहरुले रु.२५,००० सम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् । प्रि अर्डर उपहारहरु यसप्रकार छन् ।
यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु. ७,००० सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।
यसैगरी, यदि ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । पुरानो मोबाइलको मुल्याँकन गरेर त्यो मुल्य बराबरको रकम नयाँ फोल्डेबल मोबाइल किन्दा घटाइनेछ । सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससंगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भनें एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी वाच ६
सामसुङले आफ्नो स्मार्टवाचको नयाँ संस्करणको रुपमा ग्यालेक्सी वाच ६ पनि सार्वजनिक गरेको छ ।
यसलाई पनि ग्यालेक्सी वाच ६ र ग्यालेक्सी वाच ६ क्लासिक गरी दुई मोडेलमा पेश गरिएको छ । ग्यालेक्सी वाच ६को मूल्य ३ सय डलर र क्लासिक मोडेलको मूल्य ४०० डलर तोकिएको छ ।
सम्बन्धित खबर
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
दुई यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा फर्कियो
पोखरामा ‘कस्मिक कम्प्युटिङ एकेडेमी’ सञ्चालन, कम्प्युटर सम्बन्धी सबै तालिम दिइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी