मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

death body

मोरङ । मोरङमा श्रीमानको कुटाइबाट पत्नी श्रीमतीको मृत्यु भएको छ।

पथरीशनिश्चरे नगरपालिका–५ जयनगरका ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा श्रीमती ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो।

घरायसी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए। उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds