गेटवे फाउन्डेशन नेपालकाे फुटसल प्रतियोगिता भदौ २० देखि

गेटवे फाउन्डेशन नेपालकाे फुटसल प्रतियोगिता भदौ २० देखि

करिब १५ टीम सहभागी हुने

Gate way

लामो समय देखि लागुऔषध उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा काम गर्दे आइरहेको  पोखरा १४ स्थित गेटवे फाउन्डेशन नेपालले पूर्व लागुऔषध प्रयोगकर्ताबीच फुटसल प्रतियोगिता गर्ने भएको छ।

भदौ २० गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा करिब १५ टीम सहभागी हुने प्रतियोगिताका संयाेजक रोशन गुरूङले जानकारी दिए ।

‘लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ, लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ’ भन्ने अभिप्रायका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम संयाेजक सुनिल गुरूङले बताए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टीमले ४० हजार नगदसहित मेडल प्रमाणपत्र र शिल्ड प्रप्त गर्नेछ भने द्वितीय हुने टीमले २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छ ।

साथै, उत्कृष्ट खेलाडि, अनुशासित टीम, उच्च गोलकर्ताले पनि पुरस्कार प्रप्त गर्ने छन्। टीम दर्ता शुल्क ५ हजार रहेको प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट सहभागी हुने आयोजकले जानकारी दिएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ