पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द गरिने

पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द गरिने

Beni-jomsome-road

म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्नको लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले भोलि आइतबारदेखि साउन ३२ गते बिहीबारसम्मका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने साना गाडीलाई यो समयमा चमेरे–राखु÷पिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ