पोखरा महानगरपालिका वडा नं. १५ बासीलाई डेङ्गु र आँखा पाक्ने रोगबारे सचेतना प्रदान गरिएको छ । वडा कार्यालय र असल छिमेकी नेपालको आयोजनामा डेङ्गु र आँखा पाक्ने रोगका साथै लागु औषधबारे जनचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गरेका पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले जनचेतनाबाटै रोगहरुको रोकथाम हुने हुँदा यो कार्यक्रम मिलेर गरिएको बताए ।

‘रोगहरु लाग्नु भनेको सचेत नभएरै हो । डेङ्गु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि घर वरपर सफा राख्नुपर्छ । लामखुट्टे भगाउने उपाय अपनाउनुपर्छ ।’ उनले भने – ‘आँखा पाक्ने रोगको तीव्र संक्रमण भइरहेको छ । यसबाट आँखालाई बचाउनुपर्छ । चस्मा लगाउने, दुरी कायम राख्ने, बिरामीसँग टाढा बस्ने, बिरामी भइहाले बाहिर ननिस्कि उपचार गर्ने गर्नुपर्छ भनेरै वडाबासीलाई सचेतना प्रदान गरेका हौँ ।
शहरी स्वास्थ्य केन्द्र–१५, नयाँगाउँका प्रमुख कृष्ण बास्तोलाले डेंगु र आँखा पाक्ने रोगको लक्षण, रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गरी स्पष्ट पारेका थिए ।

नेपालमा सन् २००४ मा पहिलो बिरामी (विदेशी) भेटिएको, त्यसपछि सन् २००६ मा तराई तथा भित्री मधेशहरुमा सुरु भएको डेङ्गु गत वर्ष सन् २०२२ मा हालसम्मकै अत्यधिक देशभरमा ५४ हजार ७८४ बिरामी भएको र त्यसमध्ये ८८ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

असल छिमेकी नेपाल, नवजीवन पुनर्स्थापना कार्यक्रम अधिकृत प्रतिमा बस्नेत मगरले लागु औषधको दुर्व्यसन सम्बन्धमा प्रष्ट पारेकी थिइन् । पोखरा १५ फलेपाटनस्थित सिद्ध मावि परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक गुरूदत्त कोइराला, वडा नं. १५ का जनप्रतिनिधिहरु आशिष भण्डारी, मन्दिरा परियार, बलराम पौडेल, सेतिमाया गुरुङको पनि सहभागिता रहेको थियो ।
यसैबीच, वडाध्यक्ष बानियाँले प्रत्येक घरपरिवारको तथ्यांक संकलन कार्य महानगरबाट भइरहेको जानकारी दिए । उनले १५ नं. वडामा ७ जना खटिइरहेको जनाउँदै सबै वडाबासीले सही तथ्यांक दिएर सहयोग गर्न पनि अपिल गरे ।
यहाँको गरीब, सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान, वैदेशिक रोजगारीमा गएकाको संख्या, यहाँका घरधनी, भाडामा बस्नेहरुको संख्या निकाल्न सहज हुने र सोहि अनुसार विकास निर्माणका साथै विविध कामहरुका लागि सहयोग मिल्ने भएकाले सबैले सहयोग गर्न आग्रह गरेका हुन् ।

सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने