आदिवासी संस्कृति युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ : उपसभामुख थापा

आदिवासी संस्कृति युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ : उपसभामुख थापा

Upasabhamukh Bina Thapa

पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले आदिवासी समुदायको संस्कृति जोगाउन युवा पुस्तामा त्यसको हस्तान्तरण जरुरी रहेको बताएका छन् ।

२९ औं विश्व आदिवासी दिवसका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै उपसभामुख थापाले आदिवासी जनजातिका संस्कृति, भाषा र भेषभूषा लोप हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र भेषभूषाले नेपाल सांस्कृतिक रुपमा समृद्ध बनेको उल्लेख गर्दै उनले आधुनिकता र सूचना प्रविधिको तीव्रतर विकासले आदिवासी जनजाति समुदायका परम्परागत भाषा, संस्कृति लोप हुने खतरा बढेको बताए।

आफ्नो मौलिक पहिचानप्रति युवा पुस्ताले गौरव गर्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै उपसभामुख थापाले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि आवश्यक नीति निर्माणमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए । शुभकामना सन्देशमार्फत् उपसभामुख थापाले आदिवासी समुदायको मौलिक संस्कृतिको संरक्षण गर्न सरोकारवाला समुदाय र निकायको ध्यानाकर्षण समेत गराए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ