एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक शुक्रबार सम्मका लागि स्थगित

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक शुक्रबार सम्मका लागि स्थगित

pratinidhi-sabha

काठमाण्डौ। प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ। १०० केजी सुन बरामद प्रकरणमा  उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

सभामुख देवराज घिमिरेले संसदको काम कारवाही शुरू भएको जनाउ दिए लगत्तै एमालेले बेन्चबाट उठेर विरोध जनाएपछि सभामुख घिमिरेले एमालेका सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएका थिए। यद्यपी, थापाले बोल्न समय पाएपनि सत्तापक्षले संसद सुचारू गर्नुपर्ने भन्दै बिरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले बीच -बीचमा कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको हो।

सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

एमालेले साउन ३ गते बरामद भएको सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ