३३ किलो सुन तस्करी हुँदा कांग्रेसको सरकार थियोः एमाले नेता रिजाल

३३ किलो सुन तस्करी हुँदा कांग्रेसको सरकार थियोः एमाले नेता रिजाल

bishnu-rijal

पोखरा । नेकपा एमालेका नेता बिष्णु रिजालले ३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार रहेको बताएका छन् ।

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

संसदमा सुन प्रकरणलाई लिएर वादविवाद हुँदा मंगलबार गृहमन्त्रीले एमालेको पालामा ३३ किलो सुन तस्करी भएको संकेत गरेका थिए । त्यसको बचाउको क्रममा रिजालले उक्त टिप्पणी सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ