पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन् । महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् ।
अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताइन् ।
‘जनसंख्याको आधा हिस्सा महिला छन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३ प्रतिशत हैन, समान हुनुपर्छ । उनले भनिन्– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ ।’
उनले थपिन् – ‘महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’
अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिइन् ।
प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा बारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बा लामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीका अध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरे ।
अध्यक्ष गिरीका अनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारण पनि बैठकले गरेको छ ।
अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तरसम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।
अनेम संघ गण्डकीको उपाध्यक्ष पार्वता तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खरमाया विटालुले गरेकी थिइन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदै
रविलाई पोखरा ल्याइयो, जिप्रका बाहिर प्रदर्शन गर्ने ७ जना रास्वपा कार्यकर्ता पक्राउ
पोखरा महानगरबाट निश्कासनमा परेका कर्मचारीले अदालत गुहारे
गौचनलाई गण्डकी प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जली दिइने
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
फिल्म हिट भएपछि मात्रै प्रचारमा जोडिएको भन्दै प्रकाश सपुतको आलोचना, मागे माफी
प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, भुजेल प्रहरीको नियन्त्रणमा