पोखरामा नाबालिका तथा महिलालाई यौनकार्यमा लगाउने एक महिला पक्राउ

पोखरामा नाबालिका तथा महिलालाई यौनकार्यमा लगाउने एक महिला पक्राउ

pakrau

पोखरा । पोखरामा नाबालिका तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा गोरखा पालुङटार स्थायी घर भई पोखरा-८ सृजनाचोकमा खाजा घर सञ्चालन गर्दै आएकी ६० वर्षीया पार्वती काराखेती रहेकी छन् ।

होटलमा वेटरको काम लगाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर नाबालिका तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएको सूचनाका आधारमा काराखेतीलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले शुक्रबार पक्राउ गरेको हो।

काराखेती उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ