युवा संघ पोखरा–२२ को अध्यक्षमा तिलक

युवा संघ पोखरा–२२ को अध्यक्षमा तिलक

yuva sangh 22

पोखरा । नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरा महानगरपालिका वडा नम्बर २२ को अध्यक्षमा तिलक बराल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले बरालको नेतृत्वमा ५१ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो ।

उपाध्यक्षमा अजयकुमार गुरुङ, सचिवमा दिप्चल बराल, सहसचिवमा राजकुमार बराल र अनिल गुरुङ, कोषाध्यक्षमा निश्चल देवकोटासहित ५१ सदस्यीय कमिटी गठन भएको हो ।

युवा संघ कास्कीका कार्यबहाक अध्यक्ष शंकर पौडेल र महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङको उपस्थितिमा वडा अधिवेशन भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds