क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट रकम लिएर ठगी गर्ने महिला पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट रकम लिएर ठगी गर्ने महिला पक्राउ

pakrau-crime mahila

काठमाण्डौ। वैदेशिक रोजगारीको लागि क्यानाडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

दोलखा जिल्ला जिरी नगरपालिका -६ घर भइ काठमाण्डौ बुढानिलकन्ठ नगरपालिका -३ बस्दै आएकी २७ वर्षीया फूलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो।

जिरेलले नवराज घिमिरे नाम गरेका व्यक्तिलाई क्यानाडाको प्रतिष्ठित होटलमा मासिक १ लाख तलबमा काममा लगाइदिने र त्यसका लागि रू १० लाख लाग्ने भन्दै प्रलोभनमा पारेकी थिइन्।

आफूले प्रक्रिया अगाडी बढाइरहेको भन्दै उनले पटक-पटक गरी तीन लाख चौरहत्तर हजार लिएर सम्पर्क विहिन भएपछि पीडितले उनीविरुद्ध उजूरी दिएका थिए। उजूरी पश्चात वैदेशिक रोजगार विभागले जिरेललाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेपछि खोजीकार्यमा जुटेको प्रहरीले शनिबार काठमाण्डौ मिनभवनबाट पक्राउ गरेको हो।

हाल पक्राउ परेकी उनीमाथि अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ