काठमाण्डौ। आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आइतबार आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरेका छन्।
उक्त सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ।
अब त्यही कामका लागि विभागमा भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि त्यही कामका लागि दैनिक एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए।
मन्त्री साउदले यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने बताए।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते