खेलकुद पत्रकार मञ्च गण्डकीले स्थापना दिवस मनाउँदै

खेलकुद पत्रकार मञ्च गण्डकीले स्थापना दिवस मनाउँदै

logo nsjf

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं स्थापना दिवस मनाउने भएको छ । मञ्चको शनिबार पोखरामा बसेका तिसौं कार्यसमिति बैठकले यही साउन २३ गते मंगलबार पाँचौं स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

पोखरा–२२ स्थित कालावाङ घरेडी होमस्टेमा एक कार्यक्रमका विच स्थापना दिवससंगै ‘सातौं पोखरा स्पोर्टस् अवार्ड–२०८०’ को पनि समिक्षा गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

मञ्चले गत बैशाख २३ गते ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ मा विभिन्न सात विधामा अवार्ड प्रदान गरेको थियो ।

यसअघि २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा स्थापना भएको मञ्च २०५७ सालमा गण्डकी प्रदेशका नामबाट दर्ता भई स्पोर्टस् अवार्डसहित विभिन्न गतिविधि गर्दै आइरहेको छ । मञ्चमा ७४ जना सदस्य छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ