मगर समुदायलाई कानूनी सचेतना

मगर समुदायलाई कानूनी सचेतना

magar sangh pkr

पोखरा । नेपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी हुने छन्। मगर संघ महानगर समिति पोखराका अध्यक्ष ओम श्रीस मगरले नेपाल मगर संघ अन्तर्गतका हरेक इकाइ समिति, भातृ संगठनबाट कार्यक्रममा सहभागी हुने जनाए। ‘मगर समुदायले कानूनी पाटोबारे जानकार नहुँदा। धेरै ठाउँमा गल्ती नहुँदा पनि फस्नु परेको छ। त्यसको विरूद्धमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने।

आर्थिक कारोबारमा कानूनी पाटो नजान्दा ठगीनु परेकाले सचेत हुन कानूनी प्रक्रिया बुझ्नका लागि कार्यक्रममा सहभागी हुनका लागि सबैलाई उपस्थितिका लागि पनि उनले आग्रह गरेका छन्। अधिवक्ता मनोज घर्ती मगरले सहभागीलाई कानूनी ज्ञान दिने छन्।
कार्यक्रम बिहान ११ बजेदेखि मगर संघको कार्यालयमा हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ