भारतको गौरीकुण्डमा पहिरोमा परी तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

भारतको गौरीकुण्डमा पहिरोमा परी तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

pahiro-india

पोखरा । भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। पहिरोमा परेर १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्।

लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

‘केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ।

स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ