पोखरा । फेवातालमा तैरिरहेको अवस्थामा एक जना युवाको शव फेला परेको छ । पोखरा सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा नजिकै रेस्टुरेन्टमा काम गर्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कपडासहित तैरिरहेको शवबाट मोबाइल, केही पैसा र लाइसेन्ससमेत फेला परेको थियो । कागजातअनुसार उक्त शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको प्रहरीले जनाएको थियो ।
पानीका कारण मोबाइल भने नखुलेकाले थप जानकारी पाउन नसकिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।
जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ । उनी सिन्धुलीबाट घुम्न आएका थिए कि पोखरामै बस्थे भन्ने पत्ता लगाउन नसकिएको जोशीले बताए ।
प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । शव हेर्दा चोटपटक वा कुनै डामसमेत नदेखिएकाले अन्य शंका गर्ने अवस्था भने रहेको जोशीको भनाइ छ ।
सम्बन्धित खबर
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित
पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम