धादिङ । धादिङमा तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक गएराति १०ः४० बजे तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ७ ख ७८१८ नम्बरको ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा लु २ ख २५०५ नं.को ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ बस्ने ३५ वर्षीय बिमल थापा र सहचालक २५ वर्षीय सुमन थारु तथा भारतीय नम्बरको ट्रक चालक राजस्थान बस्ने ४७ वर्षीय गिरिराज प्रसाद शर्मा घाइते भएका छन् ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका ट्रक चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ । तीनै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा सकुशल रहेका ना ७ ख ७८१८ नम्बरको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुघएटनापछि अवरुद्ध भएको सडक गएराति करिब १ बजेदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते