पोखरा । विश्वकै पहिलो महिला लायन्स क्लब, लायन्स क्लब अफ पोखरा गण्डकीको स्पोन्सरमा स्थापित गण्डकी युथले तीन दिने योग शिविर सम्पन्न गरेको छ ।
स्थापनाको छोटो अवधिमै समाजमा स्थापित लायन्स क्लब अफ पोखरा गण्डकी युथले विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता पनि दिएको छ । क्लबले हालै तीन दिने योग शिविर गरेको हो ।
पोखरा दरबारथोक कृष्ण मन्दिर परिसरमा आयोजित शिविरमा पातञ्जल योग समिति नेपालको पनि सहकार्य रहेको थियो । पातञ्जल योग समिति, गण्डकीकी उपाध्यक्ष रमा श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।
लायन्स क्लब अफ पोखरा गण्डकी युथकी संस्थापक अध्यक्ष स्वेता ओझा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै डिस्ट्रिक्ट चिफ लायन पुजन शाक्यले योग गरौँ, निरोगी बनौं नाराका साथ आयोजित यस शिविरले स्वास्थ्यका लागि राम्रो फाइदा गर्ने बताइन् ।
क्लबले यसअघि महिला र बालबालिकाका लागि पोषण सचेतना, निःशुल्क मधुमेह परीक्षण, वृक्षारोपण, शैक्षिक सामाग्री वितरण जस्ता कार्यक्रम गरेको थियो ।


सम्बन्धित समाचारः
लायन्स क्लब अफ पोखरा गण्डकी युथद्वारा निःशुल्क मधुमेह परीक्षण
सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु