भारतबाट बढेर आयो पेट्राेलियम पदार्थकाे मूल्य

भारतबाट बढेर आयो पेट्राेलियम पदार्थकाे मूल्य

petrol

काठमाण्डौ। भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

ठाकुरका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ / ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। यद्यपी खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय रुपैयाँले घटेर आएको छ ।

सरकारले यही महिनादेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि मूल्य घटबढ हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds