पोखराबाट काठमाण्डौ उड्न लागेकाे प्लेनमा मुसा देखियो

पोखराबाट काठमाण्डौ उड्न लागेकाे प्लेनमा मुसा देखियो

रनवेको घाँसबाट मुसा आयो

Yeti check

पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएको छ । रनवेको घाँसबाट मुसा दौडिएर आएर टायरतर्फ पसेको विमानस्थलको अनुमान छ ।

यतीको एटीआर–७२ जहाज बिहान ११ बजेर ५० मिनेटमा उड्ने तयारी गरिरहेको बेला मुसा प्लेनतर्फ आएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यात्रुहरु चढिरहेका बेला मुसा देखिएपछि चढिसकेका यात्रुलाई झारेर मुसा खोज्ने काम भइरहेको छ ।

यात्रु धमाधम जहाज चढिरहेका थिए। त्यही बेला जहाजमा मुसा पसेको देखिएपछि चढिसकेका सबै झारिएको थियो । श्रोतका अनुसार जहाजमा यात्रु चढिरहेका बेला मुसा देखिएको थियो। घाँसे मैदानबाट करिब २० मिटर पर जहाज रोकिएको थियो। त्यही घाँसे मैदानबाट मुसा आएको हुनसक्ने श्रोतले बतायो।

‘जहाजको पांग्रातिर मुसा देखिएकोमा भित्र पस्यो वा बाहिर गयो भन्ने यकिन नभएकाले खोजी सुरु गरिएको हो । यतीका प्राविधिक आएर धमाधम मुसा खोज्ने काम भएको र यतीको अर्को जहाज आएर यात्रुलाई काठमाडौं लगिएको बताइन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ