पोखरा । भारतमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवान चेतन कुमार चौधरीले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान करिब ५ बजे गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्।
घटनामा सहायक निरीक्षक टीकाराम मीना र ३ जना यात्रु गरी ४ जनाको मृत्यु भएको बताइएको छ।
रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन ।
प्रहरीले मिरा रोडबाट जवान चौधरीलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते