पोखरा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज गोकर्ण बिष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिने बताएका छन् । उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिका टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताको लागि शनिबार गरेको अनुशिक्षण कार्यक्रममा नेता बिष्टले नकारात्मक टिका टिप्पणी नगर्न तथा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे । एकमना एकताका साथ पार्टीको काममा जुट्ने कामको सरुवात कास्कीबाट गर्न अनुरोध गर्दै उनले विचार र भावनाका साथ अगाडी बढ्न सबैमा आग्रह गरे ।
उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई अगाडी सारेको एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएका आरोप लगाए । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउन ध्यान दिएको उनले जानकारी दिए ।
शोषण रहित समतामूलक समाज स्थापना गर्ने योजना र चाहानालाई पुरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गरी जनताको जीवन स्तर सुधारमा ध्यान दिने बताए । उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।
नेकपा (एमाले) स्थायी कमिटिका सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधै प्रगतिशिल सुधारको कार्यक्रम गरेको बताए । कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन निर्देशन दिए ।
पाटीका स्थायी समितिका सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त दुरुस्त बनाए जुन सुकै आन्दोलनमा समेत सफलता मिल्ने तर्क गरिन् । उनले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गरिन् । पार्टीका नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले अनुशिक्षण कार्यक्रममा बोलेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने