पोखरा। नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत पर्ने स्वतन्त्र ट्रेड युनियनमा संस्था दर्ता भएको उपलक्ष्यमा नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकीले पोखरामा दीप प्रज्वलन गरेको छ।
वि सं २०५८ सालमा पोखरामा स्थापना भई विभिन्न कम्पनीमा कार्यरत कम्पनी प्रतिनिधिहरूको पेसागत हकहितका लागि आवाज उठाउँदै आइरहेको नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकीले शुक्रवार साँझ मानव अधिकार चोकमा दीप प्रज्वलन गर्दै केक काटेर शुभकामना आदानप्रदान गरेको हो।

संघका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदम प्रसाद भट्टराई, विशेष अतिथि उपाध्यक्षहरू गोपाल सापकोटा, प्रदीप धिताल अर्थ सचिव सूर्यराज बराल, श्रम सचिव शैलेश बुढाथोकी, केन्द्रीय सदस्य हुमनाथ सिग्देल, सालिकराम बराल, स्याङ्जा शाखाका अध्यक्ष प्रकाश ढकाल, अनुशासन समिति सदस्य राजन कार्की लगायतले शुभकामना दिएका थिए।

श्रमिक पेसाकर्मीहरूको सङ्गठनको रूपमा रहेको यस संघ गत श्रावण ३ गते नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत पर्ने स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएको हो।
सम्बन्धित खबर
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन