अनेरास्ववियुकाे विधान र प्रक्रिया सम्झाउँदै ओझाले अस्वीकृत गरे सहसचिव पद

पद अस्विकार

अनेरास्ववियुकाे विधान र प्रक्रिया सम्झाउँदै ओझाले अस्वीकृत गरे सहसचिव पद

Bibek Ojha

पोखरा । अनेरास्ववियु, कास्कीको सहसचिव घाेषणा गरिएका विवेक ओझाले संगठनलाई विधान र प्रक्रिया सम्झाउँदै पद अस्वीकार गरेका छन् ।

यहि साउन ५ गते अनेरास्ववियु जिल्ला कमिटी कास्कीको सम्पन्न अधिवेशनले विधान र प्रक्रिया विपरित कमिटी घोषणा गरिएको भन्दै उनले  आपत्ति जनाएका हुन् । अधिवेशनमा परेको उम्मेदवारीमा निर्वाचन हुनुपर्नेमा अध्यक्ष मण्डलले आफूखुसी कमिटीको घोषणा गरेको उनको आरोप छ ।

उपाध्यक्षमा एक मात्र उम्मेदवारी आफ्नो परेको र छलफलका नाममा अध्यक्ष मण्डलले सचिवमा उम्मेदवारी परेका २ जनालाई उपाध्यक्षमा घोषणा गर्नु विधान विपरित रहेको भन्दै पद अस्विकार गरेका हुन् ।

उनले लेखेका छन्ः ‘अनेरास्ववियुको विधान अनुरुप १० पालिका, २५ स्ववियु हुने क्याम्पस र १०० मावि रहेका ९ सदस्यीय कमिटी बनाउन मिल्ने प्रावधान रहेको छ । तर यो प्रावधान अनुरुपको मापदण्ड कास्कीमा मेल खाँदैन । प्रावधान अनुसार ७ सदस्यीय कमिटी बन्नुपर्ने थियो । प्रक्रियालाई मान्ने हो भने अन्य कोही पनि उम्मेदवारी दर्ता नगरिएको उपाध्यक्ष पदमा मेरो स्वतः घोषणा हुनुपर्ने थियो । तर अध्यक्ष मण्डलले उपाध्यक्ष पदमा सचिवका दुई आकांक्षीलाई राखेर मलाई सहसचिवमा राखि ९ सदस्यीय कमिटी घोषणा विधान सम्मत पनि छैन । अन्त्यमा विद्यार्थी आन्दोलनको यात्रामा मेरो पाइला राकिएको छैन । विधान र प्रक्रिया विपरित घोषणा गरिएको कमिटीमा मलाई दिएको सहसचिवको जिम्मेवारीलाई वहन गर्न असमर्थ रहेको जानकारी गराउँदै राजिनामा दिएको जानकारी गराउँदछु ।’ 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds