नाइके नसमाएर भरिया मात्रै समातिए सदनमा आमरण अनसन बस्छु: कांग्रेस सांसद शर्मा

संसदमा उठ्यो सुन काण्ड

नाइके नसमाएर भरिया मात्रै समातिए सदनमा आमरण अनसन बस्छु: कांग्रेस सांसद शर्मा

sunil-sharma

काठमाण्डौ। नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन काण्डको मालिक नसमातिएसम्म अनुसन्धानलाई सघाउ पुर्याउन गृहमन्त्री र अर्थमन्त्रीलाई राजिनामा दिन सुझाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो कूरा राख्दै सांसद शर्माले सुन प्रकरण छानबिनका लागि सहजिकरण गर्न अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन्।

शर्माले सन् १९५६ मा भारतका तत्कालिन रेल्वे मन्त्री लाल बहादुर शास्त्रीले रेल दुर्घटना पश्चात धेरैले ज्यान गुमाउँदा त्यस दुर्घटनाको नैतिक जिम्मेवारी लिने भन्दै राजिनामा पेश गरेको उदाहरण दिँदै नेपालमा पनि सुन तस्करका मालिकलाई नसमातेसम्म अर्थमन्त्री र गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताएका हुन्।

शर्माले भने ‘उहाँहरुले समय लिने हो भने, ३ दिन, ५ दिन, ७ दिन कति दिन समय चाहिने हो त्यो अवधिमा नाइके समाउछु भन्नु पर्यो । हैन भने यो प्रकरणमा अनुसन्धान गर्न सघाउन राजीनामा दिनु पर्छ ।’

शर्माले भ्रमणमा रहेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड स्वदेश फर्किएपछि यो विषयलाई सामान्य ढंगले हेर्ने, भरियालाई मात्रै जेलभित्र हाल्ने र मुख्य नाइके नसमाउने हो भने आफु सदनमै अनसन बस्ने चेतावनी समेत दिए।

शर्माले यसो भन्दै गर्दा प्रतिपक्षीको बेन्चमा बसिरहेका राष्ट्रिय स्वतन्त्र र राप्रपाका सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ