पोखरा । पोखराको सिर्जनाचोकमा हालै खुलेको पोखरा फुटवेयर बिजनेस सेन्टर बन्द भएको छ । नेपाली जुत्ता घर नाम दिएर १० जुत्ता उत्पादक कम्पनीले खोलेको सेन्टर मंगलबार पोखरा महानगरले बन्द गराएको हो ।
पोखरा महानगरका नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाले व्यवसाय इजाजत नलिई सञ्चालन भएकाले सो रुम बन्द गराइएको जानकारी दिए । उनी भन्छन्, ‘व्यवसाय इजाजत नलिई चलेकाले आज बन्द गराएका हौं । स्थानीय सरकारबाट इजाजत लिएपछि उहाँहरुले फेरि व्यवसाय खोल्न सक्नुहुन्छ ।’
नगर प्रहरी इन्चार्ज थापा महानगरभरी व्यवसाय दर्ता नभएकालाई दर्ता गराउन र दर्ता भएकालाई नवीकरण गराउन आग्रह गर्दै अनुगमन भइरहेको बताउँछन् । गत शुक्रबाटबाट गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सोरुम उद्घाटन गरेका थिए ।
नेपाल जुत्ता घर सञ्चालनमा आएको घरको नक्सापाससमेत छैन । केही दिनअघि जुत्ता व्यवसायी संघ कास्कीले रुद्र न्यौपानेको समूहले सोरुमको नाममा जुत्ता सेल मेला गर्न खोजिएको भन्दै आपत्ति जनाएको थियो । १० सोरुम भनिए पनि नेपाल जुत्त घरभित्र पार्टेसन छैन । सबै एउटै पसल जस्तो देखिन्छ ।
शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सनका जुत्ताका फरक फरक सोरुम त्यहाँ रहेको सञ्चालकको दाबी छ । सेन्टरमा करिब १ करोड रुपैयाँ लगानी भएको रन सुजका बजार व्यवस्थापक सीताराम नेपाल बताउँछन् । एउटा सोरुम वडा कार्यालयमा दर्ता भइसकेको र बाँकी सोरुमहरु दर्ता प्रक्रियामा हुँदा महानगरले बलजफ्ती पूरै भवन बन्द गराएको उनको आरोप छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने