काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कास्की जिल्ला पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले आकर्षक तलब सुबिधा र सुन्दर भविष्यको प्रलोभन देखाएर पीडितहरू बाट करोडौं रकम ठगी गरी उनीहरूलाई विभिन्न देशमा पुर्याई अलपत्र पार्ने तथा बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संग्लग्न रहेको आरोप छ।
पीडितहरूले दिएको जाहेरीमा तामाङले हवाई मार्ग हुँदै अमेरिका लैजाने आश्वाशन देखाई प्रतिव्यक्ति ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिएर पीडितहरूबाट अहिलेसम्म २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
साथै, पीडितहरूलाई अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्याई अलपत्र पारेको र थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन