सर्पको टोकाइबाट सल्यानका एकजना बालकको दाङमा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा गएका १६ वर्षिय मनोज वली रहेका छ ।
गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा आइतबार राती टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको भएपनि उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनि अध्ययनका लागि तुलसीपुरमा काेठा लिएर बस्थे । आइतबार मात्रै उनि शान्तिनगर ७ स्थित मामाघर गएका थिए । राति सुतेकाे बेलामा सर्पले घाँटीमा टोकेको थियो ।
सोमबार बिहान तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा पुर्याउदा उनको अवस्था सामान्य भएपनि अस्पतालले वास्ता नगर्दा मृत्यु भएको परिवारले जनाएको छ । मृतक बालकका दाइ मुस्कान बस्नेतले अस्पतालमा राम्ररी बाेलिरहेकै भाइ उपचार ढिलाे हुँदा ज्यान गुमाउनुपरेकाे बताएका छन् ।
मृतक मनोज ओली घरका एक्ला छोरा हुन् । ६ महिनादेखि तुलसीपुरमा बस्दै आएका उनी एच.ए. पढ्नकाे लागि तयारी गरिरहेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने