नेकपा एमालेका सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले एमालेलाई जुरुक्कै उठाउने गरी कार्यक्षेत्रमा एवम् जनताको घर घरमा गएर खटिने बताएका छन् । विगतका घटनाबाट पाठ सिक्दै आफूहरुले एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने विष्टले उद्घोष गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले आयोजनामा गरेकाे ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले विगतमा गरेका कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालकाे विचार कयौं दशकसम्म सान्दर्भिक रहने उल्लेख गरे । अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे ।
कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन् ।
एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिव बैन बहादुर अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो