दुबई र अबु धाबीमा म्युजिकल धमका ‘आउनै पर्छ नाइट–२’ हुने भएको छ । यहि आउँदो २९ जुलाईको बर दुबई स्थित याक एण्ड यति क्लबमा र ३० जुलाईको अबुधाबी स्थित मनीलाबे एमिरेट्स प्लाजा होटलमा ‘आउनै पर्छ नाइट–२’ हुने भएको हो ।
उक्त साँस्कृतिक साँझमा प्रख्यात, ब्याण्ड, संगीतकार, गायक र कलाकारहरूको प्रस्तुति रहने आयोजक सुजेन्द्र गुरुङले जानकारी दिए। गुरुङका अनुसार सनसनीपूर्ण सांगीतिक साँझको अलगै अनुभव महसुस गर्नका लागि आफूलाई तयार गर्न आयोजकले दर्शकहरुलाई अनुरोध गरेको छ ।
जिरो टु वान इभेण्ट म्यानेजमेण्ट कम्पनीले गर्न लागेको उक्त कार्यक्रममा कलाकारहरूले आ–आफ्ना कला प्रस्तुत गर्नेछन् र संगीत, नृत्य र मनोरञ्जनले भरिएको एक अविस्मरणीय रात हुनेछ । कार्यक्रम विभिन्न विधाका कलाकारहरुको पूर्ण पावरहाउस कम्बो हुनेछ । कार्यक्रम दर्शकहरुका लागि एक अविश्मरणीय क्षण हुने आयोजकको दाबी छ ।
यस्तै, कार्यक्रममा युएईमा संगीत क्षेत्रमा परिचित काव्य ब्याण्डले पनि आफ्नो प्रस्तुति दिने भएको आयोजकले जनाएको छ । वर्तमान समयको उत्कृष्ट ब्याण्डको रुपमा चर्चित काव्य ब्याण्डले विगत लामो समयदेखि युएई बासीहरुको मन जित्दै आएको छ ।
बलिउड संगीतकारहरूसँग समेत स्टेज साझा गरेको काव्य ब्याण्डले आफ्नो आवाज, विधा, रचनाहरू, विचार र मनमोहक गीत, कलाकार र हर्मोनियस रिभोलुसनले संगीत प्रेमी दर्शकहरुलाई मन्त्रमुग्ध बनाँउदै आएको छ । एभरेष्ट ब्याण्डबाट शुरु हुने उक्त कार्यक्रमको होस्टिङ ‘शरु‘ले गर्नेछिन् ।
‘आउनै पर्छ नाइट–२’ लाई कलाकार र प्रचार प्रसारमा पोखराको ओपन हाउस र कलब क्याट्वाकको साथ छ
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो