नेपाली क्रिकेट टोलीले १५ दिन श्रीलंकामा विशेष तयारी गर्ने, ४ अभ्यास खेल्ने

नेपाली क्रिकेट टोलीले १५ दिन श्रीलंकामा विशेष तयारी गर्ने, ४ अभ्यास खेल्ने

Nepali_cricket_team_1024x6241677836143_1024

काठमाडौं : एसिया कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ। श्रीलंकामा १५ दिनको ‘स्पेशल हाई परफरमेन्स क्याम्प’ आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपाल पहिलो पटक एशिया कप लेख्न लागेको हो।

क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गरेका छौँ।’

उक्त १५ दिनको क्याम्पमा नेपाली खेलाडीले अनुभवी प्रशिक्षकसँग कडा प्रशिक्षण लिने क्यानले जनाएको छ। ‘क्याम्पका क्रममा हाम्रा खेलाडीले अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने र कडा प्रशिक्षण लिनेछन्’, क्यानले भनेको छ।

अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। ​ एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ