दाङ जिल्लाको तुलसीपुरमा ७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले २० र ३० वर्षीय २ जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हिजो बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार भएको हो ।
बलात्कार आरोपमा दाङकै तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरेको हो ।
महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको बताइएको छ । वृद्धालाई बलात्कार भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले घटनास्थलबाट ती दुई युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला ती युवकहरूले फकाएर बसभित्र लगी पालैपालो बलात्कार गरेका हुन् । त्यसपछि बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते