र्याफ्टिङ एण्ड क्यानोइिङ संघ गण्डकी प्रदेशको अध्यक्षमा विरेन्द्र लामा निर्वाचित भएका छन् । संघको बिहिबार सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी सहित ६ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् भने एक पद पछि मनाेनित गरिने जनाइएकाे छ ।
समितिको उपाध्यक्षमा दिपेन्द्र मर्सानी निर्वाचित भए । उनी पोखरा महानगर पालिका वडा नं. ९ का अध्यक्षसमेत हुन् । महासचिवमा शोभा जलारी, कोषाध्यक्षमा किशोर दाहाल तथा सदस्यहरूमा ब्रजेश कसजु श्रेष्ठ र सिता थापा सर्वसम्मत निर्वाचित भए । निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले साहसिक खेलकुदमा र्याफ्टिङ र क्यानोइङ खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले साहसिक खेलकुदलाई उद्योगको रुपमा व्याख्या गर्दै सम्भावना भएका क्षेत्रहरुमा निजी लगानीका साथ यसको विकासमा अघि बढ्नु पर्ने कुरा औंल्याए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य एवं खेल पत्रकार केशव पाठकले साहसिक खेल र्याफ्टिङको विकासका लागि परिषद्ले संघसँग सहकार्य गर्दै अघि बढिरहेको बताउँदै प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउन आगामी दिनमा सहकार्यको यात्रालाई अझै परिमार्जित गर्दै अघि बढ्ने बताए ।

कार्यक्रमकाे अध्यक्षतासमेत गरेका संघका केन्द्रिय अध्यक्ष राजिव श्रेष्ठले नेपालले यस पटक १९ औं एसियाली खेलकुदमा र्याफ्टिङ खेलले उच्च प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको जनाए । संघका केन्द्रिय सदस्य निम बहादुर मगरले साहसिक खेलहरूकाे समेत रंगशाला हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री, क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायत पर्यटन व्यवसायी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने