पोखराका गणेशबहादुर भट्टराई नेपाल बक्सिङ संघ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी भट्टराईसँग अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपमहासचिवको अनुभवसमेत छ ।
संघको अध्यक्षमा राम अवालेले निरन्तरता पाएका छन् । अधिवेशनले आगामी ४ वर्षका लागि २० सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी छन् भने ५ उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र राम बहादुर गिरी निर्वाचित भए ।
महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुस्करराज पन्त, कोषाध्यक्षमा गौतम सुजखु निर्वाचित छन् । सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राणा, बमबहादुर स्याङ्तान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चयन भए ।
यसअघि, राखेप सदस्यसचिव टंकलाल घिसिङले अधिवेशनको उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले बक्सिङको इतिहास दोहोर्याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताए । “नेपालले एसियनमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो इतिहास बनाएको छ । तर पछिल्लो समय इतिहासले समेत निरन्तरता पाउन सकेन । अब त्यहि इतिहास दोहोर्याउनु छ । तर त्यो निरन्तरताले मात्रै पुग्दैन अब क्रमभङ्गता चाहिन्छ ।”
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने बताउँदै सदस्य सचिव घिसिङले तर त्यसका लागि आफूलाई परिणाम भने चाहिने बताए । आगामी पेरिस ओलम्पिकको तयारी सुरु गर्न निर्देशन दिदै उनले भने–“बजेटका लागि तपाईंहरु ढुक्क हुनुस् जति खर्च लागेपनि सरकारले ब्योहर्छ तर रिजल्ट चाहिन्छ ।” आफूले पटक–पटक बक्सिङको सुधारका लागि प्रत्यक्ष रुपमा समय दिएको उल्लेख गर्दै खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि समेत जोड दिंदै आएको बताए ।
बक्सिङ खेलको विकासका लागि एकेडेमी निर्माण गर्न संघलाई सुझाव दिंदैं सदस्य सचिव घिसिङले कार्ययोजना सहित अघि बढ्न उनले आग्रह गरे । उनले हरेक प्रदेश र जिल्लामा एकेडेमीको निर्माणका लागि यथासिघ्र पहल सुरु गर्न उनले बताउँदै राष्ट्रिय खेलकुद परिषदले कुनै पनि खेल संघमा राजनितिक हस्तक्षेप नगरेको बताए ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेलाडी उत्पादनका लागि खेल संघहरुमा स्थायीत्व हुनुपर्ने कुरामा जोड दिए । खेलकुदमा राज्यको लगानी न्यून रहेको बताउँदै नेपाली खेलकुद खेलाडी र उनका परिवारले जोगाएको उल्लेख गरे ।
नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पिताम्बर तिमिल्सिनाले बक्सिङमा विगतको इतिहास फर्काउन निकै चुनौती रहेको बताए । सक्षम नेतृत्वबाटै बक्सिङ खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकोले त्यसतर्फ गम्भिर भएर सोच्न प्रतिनिधीहरुलाई आग्रह गरे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विद्या प्रसाद मर्सानीलाई सम्मान
कार्यक्रममा बरिष्ठ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई सम्मान गरिएको थियो । बक्सिङ खेलका लागि गरेकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे हाे ।
प्रशिक्षक मर्सानी र उपाध्यक्ष भट्टराई दुवै पाेखरा स्पाेर्ट्स अवार्डका अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भइसकेका छन् ।
सम्बन्धित खबर
पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न
खो खो विश्वकप : उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर