सिनामङ्गलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज, एक जना पक्राउ

सिनामङ्गलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज, एक जना पक्राउ

Bomb-Dispose

काठमाण्डाै। काठमाण्डाैकाे सिनामङ्गलस्थित एक ज्वेलर्स अगाडि शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिनामङ्गल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटर अगाडि बुधवार बिहान शङ्कास्पद वस्तु राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुन पसल नजिकै होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवान छन्।

बम भेटिएको भन्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पार्दै बम नभएको पुष्टि गरेको छ ।

नोकिया मोबाइलको सेटमा तार जोडेर कालो टेपले बेरेको र तारबाहिर निस्किएको अवस्थामा उक्त बस्तु फेला परेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ