स्याङ्जा प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ

स्याङ्जा प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ

Light Blue White Clean Grid Family Photo Collage

स्याङ्गजा। जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ।

विभिन्न मुद्धामा अदालतले दोशी करार गरी कैद सजाय सुनाइए पश्चात फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्धाका फरार अभियुक्त विरूवा गाउँपालिका -४ निवासी ५४ वर्षीय दुर्ग बहादुर गुरुङ र कर्तव्य ज्यान मुद्धाकी फरार अभियुक्त भिरकोट नगरपालिका -७ निवासी ४३ वर्षीया जमुना अर्याल छन्।

अदालतले गुरुङलाई १ वर्ष ११ महिना ९ दिन कैद र अर्याललाई ४ वर्ष ११ महिना १० दिन कैद सजाए सुनाएको थियो।

प्रहरीका अनुसार अभियुक्तहरू गाउँमा लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

उनीहरु दुबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्गजामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ